
काठमाडौं। प्रहरीले २५ किलो लागु औषध गाजा सहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका वडा नं १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले आइतबार राति निजगढ १२ कुलियाबाट उनलाई पक्राउ गरेको थियो । उनीसंगै रहेका २ जना व्यक्ति भने बोकेर ल्याएको बोरा फालेर भोगेका थिए ।
२ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्मा २५ किलो लागु औषध गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन् ।
बारा जिल्ला अदालतबाट प्रेम विरुद्ध लागु औषध मुद्धामा म्याद थप गरी फरार रहेका २ जनाको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।