पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना यस वर्षको ‘सदाचार दीप सम्मान– ०७९’ बाट सम्मानित हुने भएका छन्।
‘एन्टिकरप्सन एकेडमी नेपाल’ले गर्न लागेको यो दोस्रोपटकको सम्मान हो । यो सम्मान पाउनेमा कार्कीसहित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, शिक्षाविद् प्रा. डा. सुरेशराज शर्मा, समाजसेवी भद्रकुमारी घले र नेपाल सरकारका पूर्वसचिव भरतबहादुर थापा छन्।
सम्मान अगामी १० मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिनेछ।