
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पूर्ण सुदूरपश्चिम प्रदेशतर्फ जाने भएका छन् ।
उनले कात्तिक १८ गते पनि दार्चुला, कञ्चनपुर र बैतडीबाट सभालाई सम्बोधन गरेका थिए ।
उनले २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताएका छन् ।