कांग्रेसका प्रदेशसभाका उम्मेदवार थापाको उपचारको क्रममा निधन

दियो पोस्ट  

काठमाडौं । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको उपचारको क्रममा निधन भएको हो ।

उनलाई निमोनिया देखिएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरेर तीन साता पछि विराटनगर लगिएको थियो ।

स्वास्थ्यमा केही सुधार देखिएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो ।

उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा नै उनको निधन भएको छ ।

सिफारिस