काठमाडौं । सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।
चुनावी घरदैलोका क्रममा उनले प्रधानमन्त्री उम्मेदवार बन्न पहिले सांसद जित्नुपर्ने बताएका थिए ।
उनले भने,“हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था होइन। यसको एउटा बाटो छ। हामी निर्वाचित भएर सांसद बन्छौं। सांसद बनेपछि तीमध्येबाट संसदीय दलको चुनाव हुन्छ। त्यो संसदीय दलको नेता म लड्ने हो, जित्ने हो । जो कांग्रेस संसदीय दलको नेता हुन्छ उही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।”
मंसिर ४ मा हुने चुनावमा थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।