काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा आज प्रकाशित गरेको छ ।
बोर्डले पुनर्योगका लागि आवेदन दिएका २४२ जना विद्यार्थीको नतिजा प्रकाशित गरेको हो ।
बोर्डका अनुसार परिवर्तित नतिजा लिनका लागि १० दिनभित्र बोर्डमा सम्पर्क गर्नुपर्ने छ ।
साथै पुनर्योगको नतिजा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र दुई हजार रुपैयाँ शुल्क तिरी उत्तरपुस्तिका हेर्न पाउने बोर्डले जनाएको छ ।