गोकर्ण विष्टलाई समर्थन गर्दै दर्जनौं युवा एमाले प्रवेश

दियो पोस्ट  

काठमाडौं । नेपाली काङ्ग्रेस परित्याग गर्दै दर्जनौं युवाहरु गुल्मी क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टको समर्थनमा उत्रेका छन् ।

बिहिवार गुल्मीको अर्जैमा आयोजित चुनावी सभामा गगन राज बिष्टको नेतृत्वमा दर्जन बढी युवाहरु एमाले प्रवेश गरेका हुन ।

विष्टले एमालेको बिजयी यात्रामा सामेल भएको भन्दै युवाहरुलाई स्वागत गरेका छन् । गुल्मी–२ मा सत्तारुढ गठबन्धनकी रामकुमारी झाक्रीसंग विष्टले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

सिफारिस