धादिङ । जिल्लाको ज्वालामुखी गाउँपालिका–४ टारीमा बोलेरो जीप दुर्घटना भएको छ । शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो दुर्घटना भएको हो ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) श्याम बहादुर खत्रिले दियोपोस्टलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) श्याम बहादुर खत्रिका अनुसार टारीबाट अर्याल गाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धान पराल बोकेको बोलेरो शनिबार राति ८ः२० बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका–४ का ३५ बर्षिय उत्तम अर्याल हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते मध्य पाँच जनाको अवस्था सामान्य रहेको र एक जना अझै पनि अस्पतालमा नै रहेको डिएसपी खत्रिले जानकारी दिए ।
दुर्घटनामा परि घाईते हुनेहरुमा बोलेरो चालक ज्वालामुखी–४ अर्याल गांउ बस्ने बर्ष २० को समिर गदेल, बर्ष ३१ को प्रकाश अर्याल, बर्ष ३८ को सोम बहादुर दुवाडि, बर्ष ४२ को राम बहादुर बि.क., बर्ष ५२ को किसन बि.क. र बर्ष १५ को प्रितम गदेल छन् । घाइते मध्यका किसन बि.क भने उपचाररत छन् ।
चालक समिर गदेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहको डिएसपी खत्रिले जानकारी दिए ।