आजदेखि विश्वकप फुटबल शुरु, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै

दियो पोस्ट  

काठमाडौँ । यस बर्षको फिफा विश्वकप फुटबल आजदेखि कतारमा शुरु हुदै छ । फिफा विश्वकप अन्तर्गत आज पहिलो खेल आयोजक कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ । यो खेल अल बायट स्टेडियममा हुने छ ।

यस विश्वकपमा आयोजक कतारसहित जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल,  पोल्याण्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, वेल्स, अस्ट्रेलिया र कोस्टारिका रहेका छन् ।

विश्वकपमा कुन समुहमा को को छन् :

समुह ए 

१- कतार
२- नेदरल्यान्ड्स
३- सेनेगल
४- इक्वेडर

समुह बि 

१- इङल्याण्ड
२- अमेरिका
३- इरान
४- वेल्स

समुह सी 

१- अर्जेन्टिना
२- मेक्सिको
३- पोल्याण्ड
४- साउदी अरेबिया

समुह डी 

१- फ्रान्स
२- डेनमार्क
३- ट्युनिसिया
४- अस्ट्रेलिया

समुह इ 

१- स्पेन
२- जर्मनी
३- जापान
४- कोस्टारिका

समुह एफ

१- बेल्जियम
२- क्रोसिया
३- मोरक्को
४- क्यानाडा

समुह जी 

१- ब्राजिल
२- स्वीटजरल्याण्ड
३- सर्बिया
४- क्यामरुन

समुह एच

१- पोर्चुगल
२- उरुग्वे
३- दक्षिण कोरिया
४- घाना

विश्वकप फुटबल खेल्ने ३२ देशको फिफा वरियता कस्तो छ ?

आजदेखि हुने विश्वकप फुटबलमा ३२ देशहरुले भाग लिएका छन् । यस विश्वकपमा शिर्ष स्थानमा रहेको ब्राजिलदेखि ६१औ स्थानमा रहेको घाना पनि सहभागी रहेको छ । त्यस्तै आयोजक कतार फिफा वरियतामा ५०औ स्थानमा छ ।

त्यस्तै फिफाको टप ३० वरियतामा रहेका इटाली, चिली, युक्रेन, स्विडेन, पेरु र कोलम्बिया विश्वकपमा सहभागी रहेका छैनन् । इटाली फिफा वरियताको छैटौं स्थानमा रहेर पनि विश्वकपमा स्थान बनाउन असफल रहेको छ । विश्वकपमा छनौट नहुने इटाली सबै भन्दा हाइ प्रोफाइल देश हो ।

फिफाले अक्टोबर ६ मा पछिल्लो पटक जारि गरेको वरियता अनुसार ब्राजिल पहिलो नम्बरमा छ भने बेल्जियम दोस्रो स्थानमा रहेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङल्याण्ड पाँचौं स्थानमा रहेको छ । त्यस्तै स्पेन सातौं स्थानमा छ भने नेदरल्याण्डस आठौ, पोर्चुगल नवौं, डेनमार्क १०औं, जर्मनी ११औँ, क्रोसिया १२औं, मेक्सिको १३औं, उरुग्वे १४औं र स्वीट्जरल्याण्ड १५औँ स्थानमा रहेको छ ।

 

त्यसैगरी अमेरिका १६औ, सेनेगल १८औं, वेल्स १९औं, र इरान २०औं स्थानमा रहेको छ । त्यस्तै सर्बिया २१औं, मोरक्को २२औं, जापान २४औं, पोल्याण्ड २६औं, दक्षिण कोरिया २८औं, ट्युनिसिया ३०औं र कोस्टा रिका ३१औं स्थानमा रहेको छ ।

 

त्यस्तै अस्ट्रेलिया ३८औँ, क्यानडा ४१औँ, क्यामरुन ४३औं, इक्वेडर ४४औँ, कतार ५०औँ, साउदी अरेबिया ५१औं  र घाना फिफा वरियतामा ६१औं स्थानमा रहेको छ ।