चितवनमा भोट खसालेर गोरखा पुगे प्रचण्ड

दियो पोस्ट  

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् । आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्रचण्ड गोरखा पुगेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन गएका थिए । मतदानपछि प्रचण्ड गोरखा जाने कार्यक्रम तय भएको थियो ।