तुलसीपुरमा भोट हालेर घर गएकालाई बोलाएर पुनः सुरुदेखि मतदान हुने

दियोपोस्ट संवाददाता

दाङ । दाङको तुलसीपुरमा रोकिएको मतदान फेरि सुरुवातबाटै मतदान हुने भएको छ ।

आइतबार बिहान तुलसीपुर–१० को पातुबनगाउँको मतदान केन्द्रमा कर्मचारीको गल्तीका कारण स्थगित भएको मतदान पुनः सुरुदेखि नै हुने भएको हो । मतदान केन्द्रका कर्मचारीले सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै पठाइएको थापा पाएपछि मतदान स्थगित भएको थियो ।

गल्ती थाहा पाउने बेलासम्म ४२ जनाले मतदान गरिसकेको बताइएको छ । छलफलपश्चात पुनः मतदान सुरु गर्ने सहमति भएको हो ।

भोट हालेर घर गएकाहरुलाई फेरि बोलाएर मतदान सुरु गरिने छ ।

सिफारिस