हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, निर्वाचनको सुरक्षार्थ खटिएका असई घाइते

दियो पोस्ट  

हुम्ला । हुम्लाको डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेको मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।

एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो ।

सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताए ।

सिफारिस