देशभरका २५ जिल्लामा भडप, प्रहरीले १५ ठाउँमा चलायो गोली

दियो पोस्ट  

काठमाडौँ । देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ ।

आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान रोकिएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार मतदान रोकिएकामध्ये ३२ वटामा पुनः मतदान सुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा मतदान कार्य नरोक्न छलफल चलिरहेको छ ।

डीआइजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको जानकारी दिए ।

‘विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ ठाउँमा ३५ राउन्ड हवाई फायर गरेको छ । अब स्थिति कन्ट्रोलमा छ । देशभर कही पनि अप्रिय घटना घटेको छैन,’ उनले भने ।

प्रहरीकाअनुसार रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लाहरुमा हवाई फायर भएको हो ।

सिफारिस