धादिङमा ३३ प्रतिशत मतदान

दियो पोस्ट  

काठमाडौं । दुई निर्वाचन क्षेत्र रहेको धादिङमा ३ बजेसम्म ३३ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ३ बजेसम्म ३३.२७ प्रतिशत मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार जिल्लाभरबाट ४९ हजार तिन सय २ जना पुरुष र ३९ हजार दुई सय २१ जना महिला गरि कुल ८८ हजार ५ सय २३ जनाले मतदान गरेका छन् ।

यहाँ गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

सिफारिस