बैतडी । बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४, निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मतपेटिका पुर्याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “तीनजनाको मृत्युु भएको भन्ने खबर आ’को छ, उद्धार जारी रहेको आएको खबर छ । म आफैँ घटनास्थल जाँदै छु ।”
जीप सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुन सक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।