काठमाडौं ७ मा घण्टी अग्रस्थानमा, मानुषी भन्दा एमालेका घिमिरे अगाडी

दियो पोस्ट  

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् ।

उनले १७७ मतसहित अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई चौथो स्थानमा छन् ।

एमालेका घिमिरेले ९३ मत पाउँदा माओवादी केन्द्रकी भट्टराईले ७५ मत पाएकी छन् ।

हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।