काठमाडौं । झापा–३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गरिएको हो ।
झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले मतगणना सुरु भएको जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबाट मत खन्याउने काम हुँदैछ । मत गणना सुरु गर्न आधा घन्टा जति लाग्ला,’ निर्वाचन अधिकृत ज्ञवाली भने ।
झापा ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला गठबन्धनबाट उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको छ ।