
उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। यता निर्वाचन क्षेत्र नम्बर २ मा ३ बजेदेखि मतगणना सुरु हुने भएको छ। उदयपुर जिल्लामा जम्मा ५३ दशमलव ६ प्रतिशत मत खसेको छ। उदयपुरमा जम्मा दुई लाख २८ हजार ९४६ मतदाता रहेकोमा मतदान भने एक लाख २१ हजार ४७९ जनाले मात्र गरेका थिए ।
क्षेत्र १ को मतगणना त्रियुगा माध्यमिक विद्यालयमा भइरहेको छ। निर्वाचन क्षेत्र नम्बर २ को मतगणना कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पसमा गर्ने व्यवस्था गरिएको छ।