डडेलधुरा । डडेलधुरामा केही समय अगाडि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणामअनुसार डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्। देउवाले ४८ मत प्राप्त गरेका छन्।
देउवालाई नेपाली कांग्रेस बीपीका कर्ण बहादुर मल्लले पछ्याइरहेका छन्। मल्लले ४२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकाल तेस्रो स्थानमा छन्। उनले १७ मत ल्याएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोविन्द खडायतले ४ मत ल्याएका छन्।