मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डीनाले अग्रता अग्रता कायमै राखेकी छन्। २१२७ मत गणना गर्दा डीनाले ११९२ मत प्राप्त गरेकी छन्। डीनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछ्याइरेहका छन्। उनले ६३८ मत पाएका छन् भने राप्रपाका दिपक सिंहले ६५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डीना, थापा र सिंह सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।