काठमाडौं । प्रतिनिधि सभामा काठमाडौं–४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्। जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए।
“कांग्रेसले बुझ्नुपर्ने कुरा, देशले केही नयाँ खोजेको छ। राजनीतिले नयाँ गति खोजेको छ। अहिलेसम्म जे गरेको हो, त्यही गरेर अगाडि बढ्न सक्दैनौँ भन्ने कुरा बुझ्नुपर्छ,” उनले भने।
उनले नयाँ पुस्ताका उम्मेदवारहरु जितेर आउँदा आफूले गरेको संकल्प ९प्रधानमन्त्रीका लागि संसदीय दलमा लड्ने० मा सहजता थपिने उनले बताए।