कामठाडौँ । डडेल्धुरामा शेरबहादुर देउवाले अग्रता कायमै बनाएका छन् ।
कूल १९ हजार ५९६ मत गणना हुँदा उनले नौ हजार ७७३ मत पाएका छन् ।
देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार १९३ मत ल्याउँदै पछ्याइरहेका छन् ।
देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच चार हजार ५८० मतको फरक रहेको छ ।
यस्तै, नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्लले दुई हजार ६९४ मत पाएका छन् ।