दाङ-२मा रेखाको अग्रता कायमै, शंकर पोखरेलको मत कति ?

दियो पोस्ट  

दाङ २ मा अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना भएको छ।

माओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्।

एमालेका शंकर पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३६४५ मत ल्याएका छन्।