झापा-१ : कांग्रेसका शर्मा ७ हजार मतले अगाडी

दियो पोस्ट  

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा लगातार अगाडि छन्।

उनले एमालेका उम्मेदवार अग्नि खरेलसँग झन् मतान्तर बढाएका छन्।

शर्मा खरेलभन्दा सात हजारभन्दा बढी मतले अघि छन्।

शर्माले १९ हजार दुई सय ९३ मत प्राप्त गर्दा एमालेका खरेलले ११ हजार ९७९ मत पाएका छन्।

गणना जारी रहेको झापा १ मा शर्माको अग्रता ७ हजार ३१४ मत बढी छ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ३ हजार ९८२ मत प्राप्त गरेको छ।

सिफारिस