काठमाडौँ । काठमाडौँ ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । करिब ३५ सय मत गणना हुन बाँकी हुँदा नै पौडेल विजयी भएका हुन् ।
पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेललाई चार हजार ५७९ मतान्तर पछि बनाएका छन् ।
करिब ४२ हजार मत गणना हुँदा पौडेलले १४ हजार ०८३ मत पाएका छन् । यस्तै, पोखरेलले नौ हजार ५०४ मत पाएका छन् ।