धादिङ क्षेत्र नम्बर २ बाट कांग्रेस नेता रामनाथ अधिकारी विजयी

दियो पोस्ट  

धादिङ । नेपाली कांग्रेसका धादिङ जिल्ला सभापति रामनाथ अधिकारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । धादिङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी अत्याधिक मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । नेकपा एमालेका नेता खेम प्रसाद लोहोनीलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

अधिकारीले ३४ हजार ४ सय ८३ मत पाए भने एमाले नेता खेम लोहनीले २३ हजार ९ सय ५० मत पाए । अधिकारीले लोहनीलाई १० हजार ५ सय ३३ मतान्तरमा हराएका हुन् ।

सम्बन्धित खबर