रविको पार्टीलाई ओलीले भने– के नीति हो केही थाहा छैन, हा हु मा देशलाई लैजाने कुरा नेपालको हितमा छैन

दियो पोस्ट  

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजयी सभामा जाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा रहेको बताएका छन् । ओली झापा ५ बाट निर्वाचित भएपछि विजयी सभामा सहभागी हुन आज झापा पुगेका हुन्। झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा रहेको बताएका हुन् ।

उनले भने,“त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ । त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो केही थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देशलाई लैजाने कुरा नेपालको हितमा छैन।’

सम्बन्धित खबर