सुनसरी-३ : विजयकुमार गच्छदारको पहिलो हार, एमालेकी भगवती चौधरी निर्वाचित

दियो पोस्ट  

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए । यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । ०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा बहने देखिने छैनन् । एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनी चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् । चौधरीलाई ०७० मा भएको दोस्रो संबिधानसभामा ३६२ मतले र पछिल्लो ०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई मतको अन्तरले पराजित गरेकी छिन् ।