अदालत भित्रै कानून व्यवसायीमाथि कुटपिट गर्ने ठगीका आरोपी पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौं जिल्ला अदालत भित्रै अधिवत्तामाथि कुटपिट गरेका ठगीका आरोपी मोहन भण्डरी पक्राउ परेका छन् । थोरै बेर अघि उनले अधिवत्ता ठाकुर प्रसाद आचार्यलाई कुटपिट गरेका थिए । आचार्य पिडीतको पक्षबाट वहस गर्न जाँदा ४५ लाख ठगीको आरोप लागेका भण्डारीले इजलासकै अगाडि उनी माथि हातपात गरेका थिए ।

आरोपी भण्डारीले अधिवक्ता आचार्यलाई दुई झापड हानेर कोट खोलेर फाल्दिएका थिए । त्यसपछि फरार भएका भण्डारी अदालतभित्रै पक्राउ परेका हुन् । आचार्यले भने जिल्ला अदालतमा कारबाही गरी पाउँ भन्दै निवेदन दिएका छन् । भण्डारीलाई अहिले प्रहरी वृत्त सिहदवार लगिएको प्रहरी स्रोतले जनएको छ ।

यो पनि

काडमाडौं जिल्ला अदालत भित्रै कानून व्यवसायीमाथि कुटपिट