काडमाडौं जिल्ला अदालत भित्रै कानून व्यवसायीमाथि कुटपिट

दियो पोस्ट  

काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्रै ठगीका आरोपी मोहन भण्डरीले अधिवत्ता ठाकुर प्रसाद आचार्यलाई कुटपिट गरेका छन् । आचार्य पिडीतको पक्षबाट वहस गर्न जाँदा ४५ लाख ठगीको आरोप लागेका भण्डारीले इजलासकै अगाडि उनी माथि हातपात गरेका हुन् । आरोपी भण्डारीले अधिवक्ता आचार्यलाई दुई झापड हानेर कोट खोलेर फाल्दिएका थिए । त्यसपछि भण्डारी फरार भएका छन् । आचार्यले भने जिल्ला अदालतमा कारबाही गरी पाउँ भन्दै निवेदन दिएका छन् । आज इजालस नम्बर ६ मा ठगी मुद्दाको वहस हुँदै थियो ।

सिफारिस