२१ वन्यजन्तु अब घरपालुवा, बेचबिखन पनि गर्न पाइने

दियो पोस्ट  

काठमाडौं । सरकारले २१ थरि वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् । व्यवसायिक रुपमा वन्यजन्तुको पालना, प्रजनन् र उपयोग गर्दैै वन्यजन्तुको दिगो सरंक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायकि रुपमा वन्यजन्तुको पालना, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०२० पास गरेको थियो ।

राष्ट्रिय निकुन्ञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रुपमा घरमै पाल्न सकिन्छ ।

जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रुपमा घरमै पाल्न सकिन्छ । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुुमतिपत्र ( लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ ।

निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले मापदण्ड पास भएको दुई महिना हुन लागे पनि अहिलेसम्म विभागसमक्ष वन्यजन्तु घरमै पाल्न कसैले अनुमति नमागेको बताए । ‘मापदण्ड पास नहुँदासम्म वन्यजन्तु घरमै पालन प्रत्येक दिन कम्तीमा दुई –तीनजना कार्यालयमै आएर चासो राख्थे । मापदण्ड चाँडोभन्दा चाँडो पास गर्न सुझाउथे,’ कार्कीले भने, ‘तर मापदण्ड पास भएदेखि यसबारे कसैले चासो राखेका छैनन् । अहिलेसम्म एक जना व्यक्तिले पनि वन्यजन्तु घरमै पाल्न निवेदन दिएका छैनन् ।’ यस विषयमा चर्चा नभएकाले र तल्लो तहको जनतासम्म सन्देश नपुगेकाले पनि वन्यजन्तुलाई उपयोग गरी आर्थिक समृद्धि गर्ने उद्देश्यबाट मापदण्ड पास गरिएको कार्कीको भनाइ छ । मापदण्डअनुसार कसैले वन्यजन्तु पाल्न चाहे बिउ सरकारले नै उपलब्ध गराउँछ ।

आजको नागरिक दैनिका पत्रिकामा खबर छ ।

सम्बन्धित खबर