सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ

दियो पोस्ट  

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाल रहेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गरेका थिए ।

सोही क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट सोमबारपक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

सिफारिस