छुटाछुट्टै ठाँउबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । जिल्लाको गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारु रहेका छन् । थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठ रहेका छन् । ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।