साउदीमा आप्रवासी कामदारमाथि कडाइ

अब बोनस नदिइकनै ‘टर्मिनेट’ गर्न सक्ने

दियो पोस्ट  

काठमाडौं । साउदी अरबले अबदेखि आप्रवासि कामदारलाई करार समाप्त भएपछि मिल्ने बोनस नदिइकनै रोजगारदाता कम्पनीहरुले ‘टर्मिनेट’ गर्न सक्ने नयाँ नियम ल्याएको छ ।

साउदी अरबको मानव संशाधन तथा समाज विकास मन्त्रालयले कुनै पनि कामदारलाई करार समाप्तिमा मिल्ने बोनस नदिइकै रोजगारदाता कम्पनीहरुले टर्मिनेट (पदमुक्त) गर्न सक्ने जनाएको छ । कामदारहरुले हडताल गरेमा, करारबमोजिम रोजगारकर्मीले गर्नुपर्ने ड्युटी नगरेमा ,रोजगारदाता वा अन्य रोजगारकर्मीलाई हातपात गरेमा, करारबमोजिम रोजगारकर्मीहरुले गर्नुपर्ने ड्युटी नगरेमा, रोजगारकर्मीलाई दिइएको निर्देशन पालना नगरेमा, सेफ्टीका नियम उलंघन गरेमा बनोस नदिइकनै कम्पनीले टर्मिनेट गर्न सक्ने मन्त्रलायले जनाएको छ ।

मन्त्रालयका अनुसार रोजगारदाताको विश्वसनीयता र छविमा आँच आउनेगरी रोजगारकर्मीले नराम्रो व्यवहार गरेमा, रोजगारकर्मीले नियतवश रोजगारदाताहरुलार्य हानि हुने काम गरेमा र रोजगारदाताले २४ घण्टाभित्र रिपोर्ट गरेमा कामदारलाई पदमुक्त गरी डिपोर्ट गर्न सक्ने जानएको छ ।

यस्तै रोजगारकर्मीले रोजगारदातालाई धोका दिँदै वैकल्पिक रोजगार खोजेमा, रोजगारकर्मी लगातार १५ दिन या वर्षभरिमा कुल ३० दिनभन्दा बढी दिन काम नगरेमा (अब्सेन्ट भएमा ) पनि बोनस नदिई टर्मिनेट गर्न सक्ने मन्त्रालयले जानाएको छ । रोजगारकर्मीले आफ्नो पदको दुरुपयोग गर्दै वैयक्तिक फाइदाका लागि काम गरेमा, रोजगारदाता कम्पनीले औद्योगिक तथा व्यापारिक व्यावसायिक गोपनीयता भंग हुने गरी काम गरेमा पनि देश निकाला गर्न सक्ने जनाएको छ ।

आजको राजधानी पत्रिकामा खबर छ ।