सिन्धुलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दियो पोस्ट  

सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको दुधौली नगरपालिका–४ एकहटियास्थित सडकमा काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१२५ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको बिहीबार दिउँसो मृत्यु भएको हो ।

मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी
५५ वर्षीया महिला रहेकी छिन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।