अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

दियो पोस्ट  

 काठमाडौं । वैदेशिक रोजगारीका अकांक्षीहरुलाई अक्षित गर्दै चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पु¥याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।

गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रुपैयाँ लागतमा लाओस पु¥याइने भनिएको थियो ।‘६० हजार रुपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखौं । सबै खुसी नै भए । चिनजानका साथीहरुलाई खबर गर्दा उनीहरु पनि लाओस जान तयार भए । एजेन्टले वैधानिका तवरले नै लाओस लैजाने विश्वास दिलाएका थिए । लाओस पुगेपछि मात्र थाहा भयो, हामी त चक्नाचुर भएका रहेछौं भन्ने कुरा,’ उनले भने

‘लाओस जान काठमाडौंमा मागअनुसार पैसा र राहदानी एजेन्टको हातमा बुझाएका थियौं,’ उनले भने, ‘पैसा र राहदानी बुझाएको केही दिनमा नै हामी पाँचैजनालाई अंग्रेजी भाषामा पालैपालो चिनियाँँ एक नागरिकले ठमेलमा अन्तर्वार्ता लिए । एजेन्टले सामाजिक सञ्जालमार्फत हामीहरु पास भएको खबर दिएपछि धेरै खुसी भयौं । तर त्यो खुसी धेरै दिनलाई रहेन ।’ उनका अनुसार एजेन्टले लाओस पु¥याउन प्रतिव्यक्ति ६० हजार रुपैयाँ लिएका थिए र बाटो खर्च छुट्टै बोक्न भनेका थिए ।

नेपाली एजेन्ट र चिनियाँ गिरोहले दिएको निर्देशन उद्धर गर्दै उनले भने, नेपालबाट श्रम स्वीकृति नहुने भयो, त्यसका लागि भारतको कोलकोता गई सबै प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि सहजै विदेश गएर पैसा कमाउन सकिन्छ ,। आत्तिनु पर्दैन ।’ सोही अनुसार उनीलगायत पाँचजना कोलकोता हुँदै लाओस पुगेका थिए । ‘भारतमा रहेको अर्को एजेन्टले रातको समयमा कोलकोताबाट थाइल्यान्डको बैंकक हुँदै हामीलाई लाओस पठायो,’ उनले भने ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।