काठमाडौंमा शनिबार बिहान ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंमा शनिबार बिहान ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

सम्बन्धित खबर

सिफारिस