जुम्लामा अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

जुम्ला । जुम्लामा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाको चन्दननाथ नगरपालिका–७ महतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३० ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चन्दननाथ नगरपालिका–७ बस्ने २० वर्षीय लक्ष्मण बम, १८ वर्षीय किशोर र सोही नगरपालिका–१० बस्ने ४० वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई उक्त लागूऔषधसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।