सशस्त्र प्रहरी बलद्वारा टेन्टसहित ३ वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाईयो

दियो पोस्ट  

काठमाडौं । भुकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाईएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज विहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिडेको हो ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं.२० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं.२२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको छ ।

यसअघि भुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर पठाई सकिएको छ ।