जाजरकोट भुकम्पः दोलखाका ९ स्थानीय तहले २० लाख रुपैयाँ सहयोग गर्ने

दियो पोस्ट  

दोलखा । दोलखाका सबै स्थानीय तहले रुकुम पश्चिम र जाजरकोटको भूकम्प पीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त समितिका सभापति बजुराम घतानीलेका अनुसार दोलखामा रहेका दुइ नगरपालिकाले ३ लाखका दरले र ७ वटा गाउँपालिकाले २ लाखका दरले कुल २० लाख रुपैयाँ सहयोग गर्ने बताइएको छ । सभापति बजुराम घतानीको अध्यक्षतामा भएको बैठकका सबै स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

दोलखामा २ नगरपालिका र ७ गाउँपालिका गरि जम्मा ९ ओटा स्थानीय तह छन् ।