छुट्टाछुट्टै ठाउँमा अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुना बजार बस्ने २८ वर्षीय प्रविन नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय २५ ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय कृष्ण बहादुर राई रहेका छन् । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।