स्वदेशी उत्पादन पर्याप्त हुँदाहुँदै १२ करोड बढीकाे भारतीय फूल आयात गर्न सरकारको पहल

दियो पोस्ट  

काठमाडौं तिहारका लागि स्वदेशी उत्पादन फूल पर्याप्त हुँदाहुँदै सरकारले भारतीय फूलमाला आयातका लागि पहल गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषदी व्यवस्थाप केन्द्रले भारतीय सयपत्री फूलमाला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुपति पत्र जारी गरेको छ।

प्रति अनुमतिपत्र बराबर ५० हजार किलोका माला बजार मूल्यअनुसार १२ करोड ५० लाख रुपैयाँमा आयात हुन थालेको नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) ले जनाएको छ । स्वदेशी उत्पादनलाई बेवास्ता गर्दै सरकारले ४ लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको हो ।

सयपत्री फूल एक किलोमा ५ वटा माला हुने र ४ लाख ५० हजार किलोमा झण्डै २५ लाख माला पुग्ने तामाङ बताउँछन्। जस अनुसार सरकारले आवश्यकताभन्दा बढी माला आयात गर्न अनुमति लिइएको छ।

तिहारमा ४० लाख गोटा सयपत्री फूलको मालाको माग रहेको र ८० प्रतिशतका दरले ३५ लाख हाराहारीमा नेपाली उत्पादनले बजार धान्ने देखिएको थियो। सरकारले अपुग हुने ५ लाख गोटा मात्रै आयात गर्न अनुमति दिनुपर्नेमा २५ लाख गोटाको लागि आयात अनुमति दिँदा स्वदेशी उत्पादन ३५ लाख मालाले बजार नपाउने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।