पाल्पामा १९ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

पाल्पा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी ईस्मा गाउँपालिका–६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् ।

तानसेन नगरपालिका–८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।