कान्तिपुरद्वारा आन्दोलनकारी पत्रकारमाथि ‘भिजलान्ते’ प्रयोग गरि आक्रमण, टिकाराम प्रधान घाइते

दियोपोस्ट संवाददाता

काठमाडौं । श्रम ऐन अनुसार न्याय माग गर्दै आन्दोलनमा उत्रिएका कान्तिपुर दैनिकका पत्रकार विरुद्ध संचालकहरुको समुहले ‘भिजलान्ते’ प्रयोग गरि आक्रमण गरेको छ । कान्तिपुर समुहको काठमान्डु पोस्टका रिपोर्टर टिकराम प्रधानमाथि आक्रमण भएको हो ।

नियमित रुपमा आन्दोलनमा उत्रिएका पत्रकार महासंघ सहितको समुहमाथि भिजलान्तेले आक्रमण गरेको हो । आन्दोलनमा सहभागी पत्रकारका अनुसार बुधबार थापथलीस्थित कान्तिपुर दैनिकको कार्यालय अगाडी प्रदर्शनमा उत्रिएका पत्रकारलाई गाली गलौच गर्दै कलोचस्मा लगाएका एक व्यक्ति आएका थिए । ती व्यक्तिले के को आन्दोलन हो भन्दै धक्का मुक्का गरेका थिए । ती व्यक्तिले पहिले पत्रकार रोयल आचार्यमाथि आक्रमण गरेका थिए । त्यस लगत्तै कान्तिपुरमै कार्यरत पत्रकार टिकराम प्रधानमाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट घाइते भएका प्रधानको खुट्टामा चोट लागेको छ । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर लगेको छ । ती व्यक्ति को हुन् हालसम्म खुलेको छैन ।

सम्बन्धित खबर

सिफारिस