पोखराको लेकसाइड अब २४ सै घण्टा खोल्न उच्च अदालतको अन्तरिम आदेश !

दियो पोस्ट  

 

पोखरा । रात्रीकालिन व्यवसायको हवको रुपमा रहेको पोखराको लेकसाइड अन्तत २४ सै घण्टा खुल्ने भएको छ । व्यापार व्यवसाय खोल्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ ।
देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइड चौबिसै घण्टा खुला राख्न आदेश दिएको हो ।

 

गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रहरूमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ । त्यही कार्ययोजना अनुसार कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक व्यापार व्यवसाय गर्न नरोक्न भनेको हो ।

साथै यस विषयमा अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

सिफारिस