अछाममा युवकको हत्या गरी फरार महिला काठमाडौंबाट पक्राउ

दियोपोस्ट संवाददाता

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयले जनाएको छ ।

सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।

सम्बन्धित खबर

सिफारिस