अभिनेत्री दिपाशा बीसीको निधन

दियो पोस्ट  

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि  उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको २८ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

उनले पछिल्लो समय म्युजिक भिडिओ तथा सिरियलमा अभिनय गर्दै आएकी थिइन् । ‘जलपरी’ नामले उनी मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन् । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।

सिफारिस