
अर्घाखाँची । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मी रेसुङ्गा नगरपालिका–१० सिखेधारा बस्ने २५ वर्षीय राम बहादुर घर्ती थापा रहेका छन् ।
थापाले ती बालिकालाई छत्रदेव गाउँपालिका–७ डाँडाखर्कस्थित खर्यानबारिमा लागी बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।