स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा धादिङका सुजनको मृत्यु

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वम्भुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) पुर्णिमा चन्दले जानकारी दिए ।

मोटरसाइकलमा २ जना सवार थिए । धादिङका विक्रम तामाङले मोटरसाइकल चलाएका थिए भने त्यसको पछाडी सुजन तामाङ बसेका थिए ।

परिवारका अनुसार केही समय अगाडी मात्रै ‘मृत्यु’ बोलको गित निकालेका सुजन कलाकारितामा रुचि राख्थे ।

मोटरसाइकल चालक विक्रम भने ट्रमा सेन्टरमा उपचाररत छन् । घाइते विक्रम सशस्त्र प्रहरी बलका जवान हुन् ।