भोजपुरमा ११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

भोजपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राई रहेका छन् ।

राईले ती बालिकालाई कात्तिक २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस